Dark

कालिकोटमा पशुपालक किसानलाई ‘गोठालो भत्ता’

खबरमुकाम । कालीकोटमा पशुपालनमा प्रोत्साहन गर्नका लागि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ।
 कालीकोट पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको हो। 

 आर्थिक वर्ष २०७६ र ०७७ देखि गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो।

कार्यविधिअनुसार ५० देखि एक सय भेडा, बाख्रापाल्ने किसानलाई मासिक एक हजार तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक दुई हजार रूपैयाँका दरले गोठालो भत्ता दिँदै आएको छ।

सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताए । 

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा ९ लाख गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै