Dark

प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत, पक्षमा ५० मत

खबरमुकाम । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । बुधबार मुख्यमन्त्री राईले सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी  लगायतको सर्मथन विस्वासको मत पाएका हुन् ।

प्रदेशभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुँदा उनको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको थियो  । कूल ९२ सदस्यीय प्रदेश सभामा सभामुखबाहेक ७९ जना सांसद सदस्य उपस्थित थिए । विपक्षमा  एमालेकाे मत परेकाे हाे । 

 

राई गत कात्तिक १६ मा ५ दलीय गठबन्धनको समर्थनमा प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनी गठबन्धनका ४९ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । जसमा कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी सपाका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद रहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै