Dark

फिल्म ‘घुईचो’मा नायिका एलिजाको अभिनय 

खबरमुकाम ।नायिका एलिजा गौतमले आफ्नो करिअरमा दोस्रो फिल्म साईन गरेकी छन् । यो भन्दा अगाडी एलिजाले चलचित्र ‘अनुराग’मा अभिनय गरेकी थिईन् । 

रामजी दैलेखको र्निर्माणमा बन्न लागेको ‘घुईचो’मा नायिका एलिजाले काम गर्ने भएकी छन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले नयाँ फिल्म साइन गरेकी हुन् ।

निर्माता दैलेखी र नायिका गौतमले संझौता पत्रमा हस्ताक्षर गरेका छन्। आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको यूवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले फिल्म साइन गरेपछि खुशी हुँदै भनिन्  ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतिक्षा गरिरहेको थिएँ। घुँइचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ।’ निर्माता दैलेखीले नायिका गौतमसँग संझौता भएको र अन्य कलाकार पनि चाडै फाइनल गर्ने जानकारी दिए।

यो फिल्मको बिषयमा दैलेखीले भने ‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ। 

जुम्लाको एक सामान्य परिवारको यूवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भिडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै