Dark

मोरङको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी


खबरमुकाम । बुधबार बिहान मोरङको कटहरी स्थित  ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको छ

मोरङको कटहरी गाउँपालिका ४ मा रहेको  ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५ ३० बजेतिरबाट आगलागी सुरु भएको  हो।

स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहवीलगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

 विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने आशङ्का गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै