Dark

प्रदेश१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


खबरमुकाम । बुधबार प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री राईले मंगलबार नै विश्वासको मत लिने भनिएको थियो विप्लव नेतृत्वको नेकपाको बन्दको कारण देखाउँदै बैठक स्थगित गरेर आजको लागि सारिएको हो । 

उक्त प्रस्ताव टेबल नै नभई मंगलबार सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक स्थगित गरेपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो।

 बैठक स्थगित गरिएपनि राईले सभामुख एमालेको कार्यकर्ताजस्तो भएको भन्दै आलोचना समेत गरेका थिए । 

पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि राईले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । 

राईलाई मत दिने पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्।

  ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ।

 गठबन्धनमा काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् । 

मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ।

 त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै