Dark

वनमन्त्री राय बर्खास्त, यस्तो छ कारण...

खबरमुकाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । 

मंगलबार मन्त्री रायलाई बर्खास्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी राउत आफैँले सम्हालेका हुन् । 

यसअघि मुख्यमन्त्री राउतले मन्त्री रायलाई राजीनामाका लागि निर्देशन दिएका थिए । राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरिएको आग्रहलाई रायले नमानेपछि उनलाई बर्खास्त गरिएको हो । 

मुख्यमन्त्री राउतले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गर्न रायलाई पदमुक्त गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै