Dark

तनहुँमा नेपाल बन्द गराउने ११ जना पक्राउ

खबरमुकाम । तनहुँमा पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ताको माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका कार्यकर्ता पक्राउमा परेका छन् । 

आज बिहानदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट पार्टीका ११ जनालाई प्रहरीले दमौलीबाट पक्राउ गरेको हो । 

विप्लवको जिल्ला इन्चार्जपूर्णजित पुनका अनुसार ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तीकारी जिल्ला सचिव शिव सदाशङकर लगायत पक्राउमा परेका छन् ।

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उनले माग गरेका छन्।  बिहानैदेखि नेपाल बन्दका कारण दमौली बजार सुनसान छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै