Dark

अष्ट्रियामा कोरोना खोप नलगाएका नागरिकलाई लक्षित गरी लकडाउन सुरु

खबरमुकाम । युरोपेली देश अष्ट्रियामा आजबाट लकडाउन सुरु गरिएको छ । विश्व स्वास्थ्य संगठनले युरोपमा फेरि कोरोना संक्रमणको दर बढ्नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।


कोरोनाविरुद्घको पूर्ण खोप नलगाएका करिब दुई लाख नागरिकहरुलाई लक्षित गरी युरोपेली देश अष्ट्रियामा लकडाउन सुरु गरिएको हो ।

यस निर्णयअनुसार कोरोनाविरुद्घको पूर्ण खोप नलगाएका व्यक्तिहरु अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन पाउने छैनन्।

१२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई नोकरी गर्न, खानेकुरा किन्न, खोप लगाउन, डाक्टरलाई भेट्न बाहेक हिंडडुल गर्न पाउने छैनन्। 

पहिलो डोज लगाएकाहरु पनि कोरोना परीक्षण नेगेटिभ रिपोर्ट भएमा मात्र हिंडडुल गर्न अनुमति छ।

अष्ट्रियाका चान्सलर अलेक्जेन्डर शेलेनवर्गले भनेका छन्, ‘हामीले यस कदमलाई हल्का ढंगले लिएका छैनौं तर दुर्भाग्यवस यो आवश्यक छ ।’

अष्ट्रियामा पश्चिम युरोपमा कोरोनाविरुद्धको खोपको मात्रा सबैभन्दा कम दिइएको छ।

 अष्ट्रियामा हालसम्म कूल जनसंख्याको ६५ प्रतिशतले मात्र खोपको पूर्ण मात्रा लगाएका छन् । देशमा पछिल्लो केही हप्तायता संक्रमण फेरि बढ्दै गएको देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै