Dark

रौतहमा कार दुर्घटना हुदा भारतीय ४ जनाको मृत्यु

खबरमुकाम । रौतहटमा कार दुर्घटना हुदा ४ जनाको घटनास्थलमा नै निधन भएको छ ।

रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

मृत्यु हुनेमा २० देखि २५वर्षका चार भारतीय नागरिक रहेका छन् ।चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको  यु के १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा​ खसेको थियो।
 
 

दुर्घटना लगत्तै  प्रहरीले कारमा सवार  चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृतकहरुको सनाखत हुन सकेको छैन। चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।

भारत बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतिय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन्। 

चन्द्रनिगाहपुर बाट अत्यधिक मदिरा सेवन गरेर भारत तर्फ फर्किनेक्रममा उक्त दुर्घटना भै चारैजनाको ज्यान गएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै