Dark

मस्कले टेस्लाको १ अर्ब डलरको शेयर बेचे 

खबरमुकाम । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका कार्यकारी प्रमुख एलन मस्कले आफ्नो कम्पनीको १ अर्ब १ करोड डलर मूल्य बराबरको शेयर बिक्री गरेका छन् । 

यसैगरी, मस्कका फलोअर्सले ट्विटरमा गरिएको एउटा मत सर्वेक्षणमा १० प्रतिशत शेयर बिक्री गरेर मस्कलाई कर तिर्न अनुरोध गरेका थिए । सर्वेक्षणका बहुसंख्यक मतदाताहरुले शेयर बिक्री गर्न अनुरोध गरेपछि टेस्लाको शेयरमूल्यमा गिरावट आइरहेका बेला उनले शेयर बिक्री गरेका हुन् । उनले हालसम्म कम्पनीको ९ लाख ३० हजार शेयर बिक्री गरेका छन् ।

 

मंगलबार ४.९ प्रतिशले गिरावट आएको टेस्लाको शेयरमूल्य बुधबार करिब १० प्रतिशतमा झरेको थियो । यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा २ दिनमा भएको सबैभन्दा ठूलो गिरावट थियो । शेयरमूल्यमा आएको गिरावटसँगै टेस्ला इन्कलाई एक सातामा ५० अर्ब डलर नोक्सान भएको छ । पछिल्लो १४ महिनाको अवधिमा टेस्लाको यति ठूलो परिणाममा नोक्सान भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै