Dark

युवक हत्या विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्घ


खबरमुकाम । कैलालीमा स्थानीयवासीले युवकको हत्या भएको विरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्घ पारेका छन्। 

मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीका २२ वर्षीय बडुवालको हत्या गरिएको थियो।

उक्त हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले लम्कीचुहा नगरपालिकामा राजमार्ग अवरुद्ध पारेका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहानैदेखि पीडित पक्षले राजमार्ग अवरुद्घ पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको बताएको छ।

राजमार्ग अवरुद्घ भएपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन लम्कीमै रोकिएपछि सयौं यात्रुहरु अलपत्र परेका छन् ।

प्रहरीले उनको हत्यामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै