Dark

बागमतीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत, यस्तो छ प्रदेश सभाको अंकगणित....

खबरमुकाम । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । मुख्यमन्त्री पाण्डेले प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।

‘आजको यो स्थिति कसरी सिर्जना भयो भन्ने सबैलाई जानकारी छ । त्यसैले यसबारे म धेरै कुरा गर्न चाहन्नँ । सबै माननीय सदस्यहरूसँग विश्वासको मत माग्दछु’, प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले भने ।

 

मुख्यमन्त्री पाण्डेले वर्तमान अवस्थामा संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जनता समाजवादी पार्टी (जसपा) का १ जनासहित ५९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई सरकार जोगाउन कम्तीमा ५५ जना सांसदको साथ आवस्यक छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै