Dark

क्यू आरबाट स्क्यान गर्दा ३ सयसम्म क्यास ब्याक पाइने

खबरमुकाम । एससीटीद्वारा सञ्चालित स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २० प्रतिशतदेखि ३ सयसम्म क्यास व्याक दिइने व्यवस्था छ ।

बत्तीसपुतली तीनधारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यास ब्याक पाउन सक्ने जनाएको छ ।

 

यसैगरी, यस अफर दीपावलीको सुखद् अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुने जनाइएको छ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य वालेट आईएमई पे, प्रभू पे, क्यूआर र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यास ब्याकको पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै