Dark

साल्ट ट्रेडिङ्गको शेयरमूल्य समायोजन

खबरमुकाम । नेप्सेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ६ हजार ५ सय ७४ रूपैयाँ १७ पैसा कायम हुने गरी शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ७ हजार ८ सय ८९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यसैगरी, कम्पनीको ५४औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार विहान ११ बजे भर्चुअल माध्यमबाट गरिनेछ । 

चैत्र २३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकको निर्णय अनुसार सभामा आ.व २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीलाई २० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै