Dark

यस्तो छ एमालेको सदस्यता लिन चाहिने योग्यता र प्रक्रिया ... (पूर्णपाठसहित) 

खबरमुकाम । नेकपा एमालेले गत असोज १५ गतेदेखि १७ गतेसम्म गोदावरीमा सम्पन्न पार्टीको पहिलो विधान महाधिवेशनबाट पारित विधान मस्यौदालाई अन्तिम टुंगो लगाएकाे छ ।  

अध्यक्ष केपी शर्मा ओली,  महासचिव ईश्वर पोखरेल, उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडैल लगायतका नेताहरुले सोमबार उक्त विधान टुंगो लगाएका हुन् । 

उक्त नयाँ विधानले पार्टीको नवौं महाधिवेशनबाट पारित व्यवस्थालाई संशोधन गरेको छ ।  विधानले पार्टी सदस्य बन्नका लागि चाहिने योग्यता र प्रक्रियाको बारेमा पनि परिमार्जन गरेको छ । 

विधानको धारा– ४ बमोजिम माक्र्सवाद– लेनिनवाद र जनताको बहुदलीय जनवादप्रति प्रतिवद्घ भई पार्टीको सिद्दान्त, कार्यक्रम, नीति र विधानलाई स्वीकार गरी कार्यान्वयन गर्न तत्पर रहेको नेपाली नागरिक, १८ वर्ष पृुरा गरेको, नैतिकवान, स्वच्छ चरित्र र असल चालचलन भएको नागरिक एमालेको सदस्य हुन सक्नेछन् । 

धारा–४. पार्टी सदस्य 

माक्र्सवाद– लेनिनवाद र जनताको बहुदलीय जनवादप्रति प्रतिवद्घ भई पार्टीको सिद्दान्त, कार्यक्रम, नीति र विधानलाई स्वीकार गरी कार्यान्वयन गर्न तत्पर रहेको र देहायका योग्यता भएका नेपाली नागरिक पार्टी सदस्य हुन सक्नेछन्ः

१. १८ वर्ष उमेर पुरा भएको । 
२. नैतिकवान, स्वच्छ चरित्र र असल चालचलन भएको । 
३. मानसिक सन्तुलन नगुमेको । 
४. नैतिक पतन देखिने अभियोगमा सजाय पाएको बाहेक अन्य फौजदारी कसुरमा सजाय भुक्तान गरेको ६ महिना भन्दा बढी अवधि पुरा गरेको । 
५. पार्टीद्वारा आयोजित कार्यक्रममा सहभागी भएको वा जनवर्गीय संगठन वा सम्पर्क मञ्चको सदस्यता प्राप्त गरी कम्तिमा १ वर्षको अवधि पुरा गरेको । 

त्यसैगरी विधानको धारा ५ ले पार्टी सदस्यता प्राप्त गर्ने प्रक्रियाका बारेमा उल्लेख गरेको छ । धारा–४ बमोजिम पार्टी सदस्य बन्न योग्य व्यक्तिले तोकिएको ढाँचामा २ जना पार्टी सदस्यको सिफारिससहित वडा शाखा कमिटीमार्फत् पालिका / इलाका कमिटीमा आवेदन दिनु पर्ने व्यवस्था गरेको छ । 


विधानको धारा ५ बमोजिम पार्टी सदस्यता प्राप्त गर्ने प्रक्रिया निम्न छन्ः 

१. धारा–४ बमोजिम पार्टी सदस्य बन्न योग्य व्यक्तिले तोकिएको ढाँचा २ जना पार्टी सदस्यको सिफारिससहित वडा शाखा कमिटीमार्फत् पालिका / इलाका कमिटीमा आवेदन दिने । 
२. पालिका /इलाका कमिटीको त्यस्तो आवेदनउपर आवस्यक छानविन गरी सिफारिससहित जिल्ला कमिटीमा पठाउने । 
३. जिल्ला कमिटीले छानविन गरी योग्यता पुगेको आवेदकलाई सदस्यता प्रदान गर्ने र उक्त निर्णय अनुमोदनका लागि सिफारिससहित प्रदेश कमिटीमा पठाउने । 
४. प्रदेश कमिटीले आवस्यक प्रक्रिया पुरा गरी अनुमोदन गर्ने र सदस्यता नम्बर प्रदान गर्न केन्द्रीय संगठन विभागमा पठाउने । 
५. केन्द्रीय संगठन विभागले सदस्यता नम्बर प्रदान गरी अभिलेख राख्ने र प्रदेश कमिटी मार्फत सबै तहका सम्बन्धित कमिटीमा पठाउने । 
६. सदस्यता नम्बर प्राप्त गरी अनुसूचि–३ को ढाँचामा शपथग्रहण गरेपछि पार्टी सदस्यता प्राप्त गरेको मानिने छ । 
७. सदस्यता सम्बन्धि विवाद उत्पन्न भएमा वा मापदण्ड पुराभएको व्यक्तिले उपरोक्त बमोजिम आवेदन गर्दा सदस्यता प्राप्त गर्न नसकेकोमा विवरण खुलाई प्रदेश कमिटीमा निवेदन दिन सक्नेछ र प्रदेश कमिटीले त्यसउपर निर्णय दिनेछ । 
८. राष्ट्रिय महाधिवेशनको मिति तोकिएपछि सदस्यता वितरण र स्थानान्तरण हुने छैन । प्रदेश र स्थानीय कमिटीको अधिवेशनको मिति तोकिएपछि सम्बन्धित क्षेत्रभित्र नयाँ सदस्यता वितरण र स्थानान्तरण हुनेछैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
60 %
WOW
0 %
 Like
40 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै