Dark

साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

खबरमुकाम । आज कार्तिक २ गते मंगलबार साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि कार्तिक ३ गतेदेखि बुकक्लोज गर्ने भएको छ । तसर्थ, आज कार्तिक २ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसैगरी, संस्थाको पाचौँ वार्षिक साधारण सभा होटल गोरखा बिसौनी गोरखामा कार्तिक १३ गते शनिबार हुँदैछ ।

उक्त सभामा संस्थाको सञ्चालक समिति बैठकको निर्णय अनुसार गत आ.व २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै