Dark

प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा

खबरमुकाम । आज कार्तिक २ गते मंगलबारबाट प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको शेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको छ । 

कम्पनीले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । खरिद गर्न योग्य एवम् इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कार्तिक १२ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने छ । 

न्यूनतम मूल्य ४ सय रुपैयाँ तोकिएको उक्त शेयरमा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न सक्ने व्यवस्था छ । 

यसैगरी, संस्थाको शेयर बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै