Dark

अध्यक्ष महर्जनको शोकमा सुनचाँदी पसलहरु बन्द

खबरमुकाम । नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको शोक मनाउँदै आज देशभरका सुनचाँदी पसल बन्द भएको छ । 

कोभिड-१९को कारण उपचारत महर्जनको उपचारकै क्रममा हिजो कात्तिक १ गते निधन भएको थियो । आज पशुपतिमा उनको अन्त्येष्टि गरिँदैछ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार व्यवसायी महर्जनको सम्झनामा आज कारोबार बन्द गरिएको हो । उनले भने, ‘हामी दुईवटै महासंघको संयुक्त निर्णयमा आज देशभर कारोबार नगर्ने निर्णय गरेका छौँ । भाउ भने तोकिनेछ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै