Dark

मोटरसाइकल चोरी अभियोगमा पर्साबाट २ जना पक्राउ

खबरमुकाम । पर्साको वीरगंज महानगरपालिका–१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा कलैया उपमहानगरपालिका–३ ठेगाना भएका २३ वर्षीय मोहम्द आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारी रहेका छन् । 

सोही महानगरपालिका–१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका–१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

 

साथै उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै