Dark

मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगे प्रचण्ड 

खबरमुकाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य  ‘किरण’ लाई भेट्न काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। 

सोमबार बिहान ११ बजेतिर अध्यक्ष प्रचण्डको टोली नर्भिक अस्पताल पुगेर वैद्यको स्वास्थ्य अवस्थाको जानकारी लिएको हो। 

उनले वैद्यको स्वास्थ्य अवस्थाको जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेका छन् । वैद्य लामो समयदेखि दमबाट ग्रसित छन् । उनलाई अप्ठयारो महसुस भएपछि आइतबार नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

वैद्यलाई प्रचण्डको राजनीतिक गुरु मानिन्छ । माओवादी आन्दोलनमा लामो समय सहकार्य गरेका प्रचण्ड र वैद्य २०६८ सालयता अलग–अलग पार्टीमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै