• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

 मासु भाग लगाउने क्रममा विवाद हुँदा एक युवकको मृत्यु 

खबरमुकाम । सिन्धुलीमा मासु भाग लगाउने क्रममा विवाद हुँदा  एक युवकको हत्या भएको छ ।  मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका(११ छतिवन बस्ने २१ वर्षीय बिक्रम लामगादेको रहेका छन् ।

फूलपातीको अवसरमा गाउँमा स्थानीय मिली राँगा काटी मासु भाग लगाउने क्रममा विवाद भई झगडा हुँदा बिक्रममाथि दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका थिए । 

 

जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । बिक्रम मृत्युपछि जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले स्थानीय दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै