• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

संसद सुचारूका लागि एमालेसँग छलफल गर्न तयार छु- सभामुख सापकोटा

खबरमुकाम । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले  नेकपा एमालेसँग छलफल गरी संसद सुचारू गराउन तयार रहेको बताएका छन्। 
संसद सञ्चालन गर्नका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने सभामुख सापकोटाले बताएका छन् । 

संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए हुन् ।  

सकेसम्म आफू तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने सभामुख सापकोटाले बताए। 

‘संवादको विकल्प छैन, ढिलो चाँडो उहाँहरू संवादमा आउनुहुन्छ । के पक्ष के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो। के गर्नुपर्छ त्यसको लागि म तयार छु। तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको सबै दायित्व हुन्छ,’ सापकोटाले भने । 

कात्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्नेमा आशावादी रहेको सापकोटाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै