• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु

महोत्तरी, बर्दिबास नगरपालिका– ४ पन्चधुरा मन्दिर जाने गेट अगाडि सडकमा प्रदेश २–०१–००२ प ०५९७ नम्बरको मोटरसाइकल र ज।१२ प २९६१ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा
प्रदेश २–०१–००२ प ०५९७ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका–१ बस्ने २८ वर्षीय बिजय कुमार महतो र ज.१२ प २९६१ नम्बरको मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका– ३ बस्ने २७ वर्षीय सुरज तामाङ रहेका छन् । बिजयको शुभ स्वस्तिक अस्पताल र सुरजको रामजानकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी महोत्तरी, जलेश्वर नगरपालिका(९ परकौली ब्यारेक अगाडि सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका– ११ पिगौना बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको रामजानकी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङ, लमही नगरपालिका(४ बनगाउँस्थित सडकमा ना.७ ख ३१७९ नम्बरको बसको ठक्करबाट पैदलयात्री राप्ती गाउँपालिका–४ बस्ने सन्दिप चौधरीको ४ वर्षीय छोरा दुर्गा प्रसाद चौधरीको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फ्लोरेन्स अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका– ५ पचरुखी चोकस्थित सडकमा ना.४ ख २९२४ नम्बरको ट्रकले प्रदेश १–०२–००३ ह १४३६ नम्बरको सिटी सफारी र प्रदेश नम्बर ३–०१– ०२४ च ९७२२ नम्बरको कारलाई मंगलबार राति ठक्कर दिँदा सिटी सफारीमा सवार ईटहरी उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय ईश्वर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कार र सिटी सफारीमा सवार ६ जनामध्ये ५ जनाको नोबेल अस्पताल विराटनगर र १ जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बैतडी, दोगेडाकेदार गाउँपालिका–३ तारल सडकमा अन टेष्ट लेखिएको ट्याक्टरसडकबाट अन्दाजी १ सय मिटर तल खसेर गएराति दुर्घटना हुँदा ट्याक्टर चालक डिलासैनी गाउँपालिका– ३ बस्ने २३ वर्षीय योगेश पालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


चितवन, खैरहनी नगरपालिका–८ स्थित सडकमा प्रदेश ३–०३–००१ प ८४८० नम्बरको मोटरसाइकल र प्रदेश ३–०३–००२ प ४८५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा प्रदेश ३–०३–००१प ८४८० नम्बरको मोटरसाइकल चालक खैरहनी नगरपालिका–८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तिमल्सिना र अर्को मोटरसाइकलका चालक सोही नगरपालिका–९ बस्ने २१ वर्षीय शुसान्त भण्डारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

यसैगरी चितवन, ईच्छाकामना गाउँपालिका(६ कालिखोलास्थित सडकमा प्रदेश ३–००१ प ९००० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी प्रतापपुर गाउँपालिका–१ बस्ने ४८ वर्षीय शिबनारायण चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मृतकको श्रीमती ३५ वर्षीया सन्जु चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका(१८ लाहुरे चोकमा बा।७ च ७९७६ नम्बरको कार र ना.५० प ७४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२६ बस्ने २५ वर्षीय शिबु बास्तोलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–२६ बस्ने २० वर्षीय बिनोद चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया, बाँसगढी नगरपालिका–८ लक्ष्मणा चोकस्थित सडकमा ना.४ ख ९५७४ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही नगरपालिका– ८ रेशमटोल बस्ने सागर परियारको छोरा १३ वर्षीय गणेश परियारको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, भद्रपुर नगरपालिका–४ रंगेडाडामा मे.१ ख १६६३ नम्बरको सेफ्टी टेयाङ्कीको गाडीको ठक्करबाट साईकलयात्री भद्रपुर नगरपालिका(६ बस्ने ६० वर्षीय महेश सिंह राजवंशीको बुधबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै