• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

गठबन्धनमा जुट्यो सहमतिः २० महिनादेखि खाली उपसभामुख पद जसपाको भागमा 

खबरमुकाम । सत्तारुढ गठबन्धनले उपसभामुख जनता समाजवादी पार्टीलाई दिने भएको छ ।  विगत २० महिनादेखि अर्थात् २०७६ माघदेखि उपसभामुख पद खाली रहेको छ । २०७६ माघ ६ गते शिवमाया तुम्बाहाङ्फेले उपसभामुखबाट राजीनामा दिएकी थिइन् । 

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच छिट्टै उपसभामुख चयन गर्ने समझदारी बनेको बताइएको छ ।  संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने छ।

हाल नेकपा माओवादीका अग्नि सापकोटा सभामुख छन्। उपसभामुख आफ्नो पार्टीलाई दिने समझदारी बनेको जसपा निकट स्रोतले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
20 %
WOW
0 %
 Like
60 %
Laugh
0 %
Sad
0 %
Angry
20 %

छुटाउनुभयो कि?

सबै