• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य सुनुवारसहित यी नेताले रोजे एमाले... 

खबरमुकाम । नेकपा माओवादी केन्द्र सुर्खेतका जिल्ला कमिटी सदस्य मोहन सुनारसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार एमाले वीरेन्द्रनगर नगरपालिका–२ नम्बर वडा कमिटीले आयोजना गरेको चियापान कार्यक्रममा नेता सुनुवारसहित माओवादी केन्द्रबाट उपत्यका खानेपानी संस्थाको स्किम नं ७ का निर्वाचित सचिव चन्द्रपसाद न्यौपाने, हरिकला चपाई, पवित्रा चपाई, अम्विका आचार्य, भवानी पौडेल, नेपाली कांग्रेसका क्रियाशील सदस्य लक्ष्मीप्रसाद लामिछाने र लक्ष्मीप्रसाद सापकोटालगायत एमालेमा प्रवेश गरेका छन् । 

 

नवप्रवेशीलाई एमाले अनुशासन आयोगका सदस्य बालाराम शर्माले स्वागत गरे । माओवादीले सुकुम्बासी र गरिब जनताको एजेन्डा छाडेर वर्ग शत्रु मान्दै आएको कांग्रेसको पछि लागेकोले आफू सो पार्टी छाडेको सुनुवारले बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
100 %

छुटाउनुभयो कि?

सबै