• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

मोतिपुर घटनाको कारक तत्व अघिल्लो सरकार भएको विद्यार्थी संगठनको दावी

खबरमुकाम । सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागि ४ जनाको मृत्यु भएको घटनामाथि आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी गरी तीन विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भर्त्सना गरेका छन् ।

जारी गरेको विज्ञप्तिमा घटनाको मुख्य कारणका रूपमा तत्कालीन एमाले नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिग्रहण गर्नुलाई ठहर्‍याइएको छ । साथै, मोतिपुर घटनाको छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिएको छ । त्यस्तै, जनताको संविधान प्रदत्त माग राख्दा र आन्दोलन गर्न दमन नगर्न विद्यार्थी संगठनले सरकारलाई चेतावनी समेत दिएका छन् ।

विज्ञप्ती यस प्रकारको छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै