• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

सिटिजन्स बैंकको साधारण सभा आह्वान, मर्जर सम्बन्धि विशेष प्रस्ताव 

खबरमुकाम । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकले आफ्नो पन्ध्रौँ साधारणसभा कार्तिक १६ गते बैंकको केन्द्रिय कार्यलय नारायणहिटी मार्ग दरबारमार्ग काठमाडौंमा साँझ ४ बजे आह्वान गरेको छ । सभा भर्चुअल माध्यमबाट गरिने जनाइएको छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते बुकक्लोज गरेको थियो । तसर्थ, असोज २० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न पाउनेछन् ।

उक्त सभाले प्रस्तावित लाभांश सहित मर्जरको बिशेष प्रस्ताव समेत पारित गर्नेछ । साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

यसैगरी, बैंकको असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै