• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

सामाजिक सञ्जालमा ज्ञवालीद्वारा आलोचनात्मक ट्विट, कसलाई गरे प्रहार?

खबरमुकाम । एमाले प्रवक्ता प्रदिप ज्ञवालीद्वारा ट्विटरमार्फत आलोचनात्मक ट्विट सार्वजनिक भएको थियो । 

सोमबारको रात गरिएको उक्त ट्विटमा ज्ञवालीले सय दिनमै विभिन्न काण्ड रचेको भन्दै देउवा आलोचना गरेका छन् । उनले संसदमा कांग्रेस नेता डा. मिनेन्द्र रिजालले गरेको भाषणसँग जोड्दै सामाजिक सञ्जालमा सरकारको आलोचना गरेका हुन् ।

‘सदनमा एकजना कांग्रेस नेताले भन्नुभा’थ्यो, सरकार कसरी चलाउनुपर्छ हामी देखाउनेछौं,’ ज्ञवाली लेख्छन्, ‘ठीकै भन्नु भा’रैछ । भूमि आयोग खारेजी, जयसिंह धामी वेपत्ता, १४ सय सडक आयोजना रद्द, कालो धन सेतो बनाउने प्रपञ्च, न्यायाधीशलाई मन्त्री उपहार, अनि मोतिपुर गोलीकाण्ड । सय दिनमै यति देखिसकेपछि बाँकी के रह्यो र?’

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै डा. रिजालले सरकार कसरी चलाउनुपर्छ अब जनताले हेर्ने बताएका थिए । रिजाललाई ४ दिनअघि भएको मन्त्रीपरिषद विस्तारमा रक्षामन्त्री मनोनय गरिएको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै