• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

राष्ट्र बैंकद्वारा मर्जरमा जाने बैंकलाई थप सुविधा

खबरमुकाम । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुका लागि थप सुविधा ल्याएको छ । 

राष्ट्र बैंकले २०७९ असार मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुनेलाई थप सुविधा दिने जनाएको हो ।

साथै, राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन संशोधन गर्दै एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा नपर्ने जनाएको छ । यसअघि ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त वा पुनः नियुक्त हुन नपाउने व्यवस्था थियो ।

यसैगरी, ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने समेत व्यवस्था रहेको थियो । राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गर्ने भन्दै उक्त सुविधा दिएको हो । त्यस्तै, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने समयावधि समेत मर्जरमा जाने संस्थाहरुलाई २०८० असारमसान्त सम्म थप गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै