• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

नेपालका चलचित्रकर्मीहरुले एकअर्कालाई प्रहार गर्दा चलचित्र उद्योग घाइतेः दिपकराज गिरी

खबरमुकाम । चर्चित नायक दिपकराज गिरीले नेपालका चलचित्रकर्मीहरुले एकले अर्कोलाई प्रहार गर्दा चलचित्र उद्योग नै घाइते भइरहेको गुनासो पोखेका छन् ।

पछिल्लो समयमा चर्किएको ‘महानायक विवाद’ ले चलचित्र ‘डाँडाको वर पिपल’ लाई धेरै नकारात्मक असर परेको छ । यही विषयलाई लिएर अभिनेता दिपकराज गिरीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका हुन् । 

आज लामो समयको अन्तरालमा नयाँ नेपाली चलचित्र हलमा रिलिज भइरहेको छ । शोभित बस्नेतद्वारा निर्देशित चलचित्र हलमा लाग्दै गर्दा चलचित्र क्षेत्रको माहोल भने राम्रो नरहेको अवस्था छ । गिरीले डाँडाको वरपिपललाई उनले शुुभकामना दिँदै व्यर्थका बहस तथा आरोप प्रत्यारोपहरु बन्द गर्न अपिल गरेका छन् । 

गिरीले फेसबुकमा लेखेका छन्, ‘फेसबुक, टिकटक, फिल्मीन्यूज हरूले हाम्रो  बौद्धिकता लाइ जिस्काइरहे झै लाग्छ ।’ ’उसलाई परेको हो, मलाई होइन भनेर चुप बस्ने अवस्था पनि छैन ! किनकि अलि-अलि छिट्टा त हामि सबैलाई परेको छ, पर्छ पनि ।’

‘धेरैपछि नेपाली फिÞल्म हलमा आएको छ, कमसेकम शुभकामना दिऔं ‘डाँडा पारीको वरपिपल’ लाई थप बिबाद नगरौ !’ उनले भनेका छन् । गिरीले महानायक विवादतर्फ ईंगित गर्दै लेखेका छन्, ‘महान को हो त्यो निर्णय हामीले गर्ने होइन । त्यसैले आ-आफ्नो गल्ति स्विकार गरेर, हातेमालो गरेर, कमजोर भएको उद्योगलाई मिलेर उचालौं ! यति लेख्दा गल्ति भएको भए क्षमा चाहन्छु !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै