• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

प्रतिनिधि सभामा एमाले सांसदको अवरोध कायमै, ‘जनता मार्न पाइँदैन’ भन्दै लगाए नारा 

खबरमुकाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले रुपन्देहीको मोतिपुरमा सरकारले सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा विरोध जनाएका छन् । 

गत भदौ २३ बाट सुरु भएको संसद अधिवेशनमा लगातार एमाले सांसदहरुले अवरोध गरिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद अधिवेशन अन्त्य गरेर एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपाललाई दल विभाजनको लागि अध्यादेश ल्याएको भन्दै उनीहरुले लामो समयदेखि अवरोध कायम राखेका छन् । 

सोमबारको प्रतिनिधि सभा बैठकमा अवरोध जारी राख्दै एमाले सांसदहरुले  ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका नारा लगाएका हुन् ।

आइतबार रुपन्देहीको मोतिपुरमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको थियो भने केही सुरक्षाकर्मी घाइते भएका थिए ।

एमालेले राष्ट्रिय सभामा पनि मोतिपुर घटनामा प्रहरी दमनको विरोध गर्दै सरकारसँग जवाफ मागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै