• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

गण्डकीमा डोवाटे विश्वकर्मालाई मन्त्री बनाइने तयारी

खबरमुकाम । गण्डकी प्रदेशमा काँग्रेसका सांसद डोवाटे विश्वकर्मा मन्त्री बन्ने भएका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले काँग्रेस सांसद डोवाटे विश्वकर्मालाई मन्त्री बनाउने भएका छन्।

आइतबार पोखरामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि पोखरेलले विश्वकर्मालाई मन्त्री बनाउने तयारी थालेका हुन् ।

नेपाली काँग्रेसका सांसद विष्णु लामिछानेका अनुसार विश्वकर्मालाई मन्त्री बनाउने विषयमा सहमति भएको छ। 

यसअघि मन्त्रिपरिषद विस्तारका क्रममा अन्तिममा नाम काटिएका विश्वकर्मालाई मन्त्री बनाउन प्रधानमन्त्री देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख्यमन्त्रीलाई आग्रह गरेका थिए। 

पार्टीका शीर्ष नेताहरूले नै विश्वकर्मालाई मन्त्री बनाउन सुझाव दिएपछि मुख्यमन्त्री पोखरेलले सोही अनुसार तयारी थालेको उनलेखबरमुकामलाई बताए। 

उनको नाम काटेर व्यापारिक पृष्ठभूमिका विन्दुकुमार थापालाई मन्त्री बनाएपछि चर्को आलोचना भएको थियो । 

स्रोतका अनुसार दसैँ अघि नै वा त्यो सम्भव नभए दसैँ लगत्तै प्रदेश सरकारमा डोवाटेलाई सामेल गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै