• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

‘द भ्वाइस किड्स’ कात्तिकबाट  सन्चालनमा आउने 


खबरमुकाम ।  रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि सन्चालन हुने भएको छ । 

काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभीबाट यो शो प्रशारण हुने बताइएको छ।

विश्वका १ सय १३ देशमा फ्रेन्चाइज शोको रुपमा संचालन भैरहेको  रियालिटी शो नेपाल’मा ६ देखि १४ बर्ष उमेर भित्रका बालबालिका सहभागी छन्।

अहिले बालबालिकाको प्रि–अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ बर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन्।

आयोजित पत्रकार सम्मेलनमा हिमालय टीभीका अध्यक्ष धर्मराज भुषालले शोका प्रायोजक कम्पनीका प्रतिनिधीसँग सहमती पत्रमा हस्ताक्षर गरेका छन्।

 ‘द भ्वाइस किड्स’को मुख्य कोचमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी छन्।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले पहिलो सिजनमै सहभागी बालबालिकाहरुको प्रतिभा ‘द भ्वाइस अफ नेपाल’मा सहभागीहरुको भन्दा विलक्षण रहेको सुनाए । 

उनले, आफूहरुले बालबालिकाको प्रतिभा विश्वमाझ लैजान यो शो तयार पारेको बताए । उनले, बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर शो तयार पारिएको बताए ।

कार्यक्रममा कोच राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहनेछन् । 

कोच हरुले, बालबालिकालाई आफूहरुले मुल्यांकन गर्ने भन्दा पनि उनीहरुको प्रतिभा निखार्न सहयोग गर्ने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै