• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

बुवा मन्त्री भयपछि शृंखलाले यसरी व्यक्त गरिन् बधाई...

 

खबरमुकाम । आफ्ना बुबा विरोध खतिवडा स्वास्थ्यमन्त्री बनेपछि पूर्वमिस नेपाल श्रृंखला खतिवडाले निकै खुसीका साथ बबाुलाई बधाई तथा सफलताको शुभकामना दिएकी छन् ।

हाल अमेरिकामा रहेकी उनले सामाजिक सञ्जालमार्फत बुबालाई बधाई तथा सफलताको शुभकामना दिँदै अपेक्षा पनि व्यक्त गरेकी हुन्।

 पूर्व मिसनेपाल खतिवडाले नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडा (बुबा) को अपार ज्ञानले नेपालको स्वास्थ्य क्षेत्रमा कायापलट हुने बताएकी छन्।आफ्ना बुबा स्वाथ्यमन्त्री बनेपछि  श्रृंखलाले सामाजिक सञ्जालमा खुसी ब्यक्त गर्दै लेखेकी छन् ‘तपाईंको छोरी हुन पाउँदा म गर्व महसुस गर्छु। जनताको सेवाप्रति तपाईंको समर्पण देखेर म सधैँ अचम्म पर्थे। कहिल्यै ठूलो सपना देख्नुभएन, तर अरूका ठूला सपनाहरू पूरा गरिदिन तपाई खटिएको देख्दा म आफैँलाई पनि कतिपटक डाहा लाग्थ्यो’ ।

 ‘प्यारो बुबा, मलाई आशा छ अब तपाईं झन् व्यस्त रहनुहुनेछ। तपाईंको अपार ज्ञानले पक्कै पनि नेपालको स्वास्थ्य क्षेत्रमा परिवर्तन आउनेछ। उही तपाईंकी प्यारी छोरी तथा शुभचिन्तक’।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेको उम्मेदवार बनेर मकवानपुर २ बाट सांसदमा निर्वाचित विरोध खतिवडा शुक्रबार नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हुन्। ​

चारपल्ट चुनाव जितेका खतिवडा बल्ल मन्त्री पुनर्गठित सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन्। 

नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नेतृत्व गर्दै खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका हुन्।

उनी मकवानपुरबाट प्रतिनिधिसभामा विजयी भएका हुन्। उनी लामो समयदेखि वामपन्थी राजनीतिमा आबद्घ छन्। नेकपा एमालेबाट पटकपटक निर्वाचन जिते पनि उनले मन्त्री बन्ने अवसर पाएका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै