• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

सुर्खेतमा ‘हाइ–मास्ट’ लाइट सञ्चालनमा 


खबरमुकाम । सुर्खेतमा ‘हाइ–मास्ट’ लाइट सञ्चालनमा ल्याइएको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा १ करोड २० लाख रुपैयाँ लागतमा नगर क्षेत्रका व्यस्त १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो। 

जसमा कर्णाली प्रदेश सरकारको एक करोड र नगरपालिकाको २० लाख रुपौयाँको लगानीमा उक्त लाइट जडान जडान गरिएको छ ।

नगर उज्यालो कार्यक्रममार्फत उज्यालो र सुरक्षा दुवैलाई मध्यनजर गरी उक्त लाइटहरु जडान गरिएको वीरेन्द्रगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले बताइन्।

‘उज्यालो र सुरक्षालाई मध्यनजर गरेर नगर क्षेत्रका व्यस्त चोक, मानिसको बढी आवतजावत र भीडभाड हुने स्थानलाई केन्द्रित गरेर लाइटहरु जडान गरिएको छ,’ उनले उपप्रमुख ढकालले भनिन्।

नगरको सुब्बा कुनादेखि बांगेसिमलसम्मको मुख्य राजमार्गलाई प्राथमिकतामा राखेर लाइट जडान गरिएको छ । वीरेन्द्रनगर बजार क्षेत्रका वीरेन्द्र चोक, गणेश चोक, मंगलगढी चोक, एरिचोक, घण्टाघर चोक, कालुङ्गचोक, देउती बज्यै चोक, धुलियाविट र बसपार्क लगायतका ठाउँहरूमा हाइ–मास्ट लाइट जडान गरिएको हो ।

उपप्रमुख ढकालका अनुसार बिजुलीबाट चल्ने यी बत्तीहरू बाल्दा लाग्ने विद्युत महसुल र पोलको भाडा नगरपालिका स्वयंले नै बेहोर्ने छ।

विद्युत र पोल भाडा गरी एउटा पोलको मासिक १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। १२ वटा बत्तीको शुल्क मासिक १ लाख २० हजार रुपैयाँ हुनेछ।

बजारमा राखिएका सिसी क्यामेराहरूमा भिडियो कैद गर्नका लागि पनि हाइ–मास्ट लाइट उपयुक्त हुनेछन्। यस्ले नगरको सुरक्षालाई पनि थप सहज बनाउछ।

अग्लो र धेरै क्षेत्र समेटने हाइ–मास्ट लाइट सेन्सरमा आधारित छ। अँध्यारो हुँदै गए आफैं बल्ने र उज्याले भए आफै निभ्ने उक्त लाइटले २०० मिटर वरपरको भागलाई उज्यालो दिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए।

१६ मिटर उचाइका हाइ–मास्ट लाइटका लागि अण्डर ग्राउण्ड विद्युत लाइन प्रयोग गरिएको छ। १६ मिटरको पोलमा ८ वटा ४०० वाटका एलईडी लाइट जडान गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै