• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

लुम्बिनी सरकारकाे मन्त्रिपरिषदले पायो पूर्णता, यी हुन् १७ मन्त्रीहरु... (सूचिसहित) 

खबरमुकाम । लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषदले पूर्णता पाएको छ । साथै नवनियुक्त मन्त्रीहरुले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् ।

मन्त्री बन्नेहरुमा कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा वसिउद्दिन खाँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले रहेका छन् ।

त्यसैगरी माओवादी केन्द्रबाट मन्त्री बनेका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री  इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री बनेका  तिलकराम शर्माले पनि आइतबार शपथ लिएका छन् ।

माओवादी केन्द्रबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वलीले पनि शपथ लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
100 %

छुटाउनुभयो कि?

सबै