• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

अवैध लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ   

खबरमुकाम । कैलाली, धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन् । विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
  

 कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने १८ वर्षीय ३ जना किशोर र १ जना किशोरीलाई ३ ग्राम ६ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले लागूऔषध ब्राउनसुगर सेवन गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलडाँडी गाउँपालिका५ झिलमिलाफाँटाबाट ६ ग्राम २ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने २२ वर्षीय झलक थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपी झिलमिला समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै