• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

लुम्बिनी सरकारमा कांग्रेसले टुंगो लगायो मन्त्रीको नाम (नामावलीसहित) 

खबरमुकाम । लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । प्रदेश सरकारमा गठबन्धनका सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आइतबार नै मन्त्रिपरिषद विस्तार र सपथ गराउने कार्यक्रम तय भएको बताइएको छ ।

कांग्रेसबाट वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री  बन्ने भएका छन् । त्यसैगरी, राज्यमन्त्रीमा रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाउने निर्णय भएको बताइएको छ । 

वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँलाई पठाउने कांग्रेस प्रदेश संसदीय दलले यसअघि निर्णय गरिसकेको थियो ।

कांग्रेसबाट डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै