• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

बैशाखमा ‘चिसो मान्छे’ प्रदर्शनमा आउने 

खबरमुकाम । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’बैशाख ३० गते प्रदर्शनमा आउने भएको छ। 

निर्देशक खनालले फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन्।

अहिलेको समयअनुसार फिल्मको प्रदर्शन बैशाख ३० आफुले उपयुक्त देखेको निर्देशक खनालले बताए। 

फिल्मको फष्टलुक भने थिममा बनाइएको छ। जसमा दुर्गम भेगको एक रुखको चौतारामा विदेशबाट मृत शरीर बोकेर आएको रातो बाकस र त्यसमाथि कालो रंगको लगेज ब्याग राखिएको देख्न सकिन्छ।

शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा अर्पण थापा, देशभक्त खनाल, अशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको अभिनय छ।

फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायाँकन दीपेन्द्र के.खनाल आफैंले गरेका हुन्। 

आफ्ना अघिल्ला फिल्म झै दर्शकको रुचि ध्यानमा राखेर आफुले फिल्म निर्माण गरेको दीपेन्द्रले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै