• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

 बागमतीकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिदै, यस्तो छ प्रदेशसभाको अङ्कगणित...

खबरमुकाम । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदबाट विश्वासको मत लिने भएकी छन्।

एमाले विभाजन भएसँगै अल्पमतमा परेकी शाक्यले आफू नेतृत्वको सरकार अल्पमतमा परेको २९ औं दिनमा विश्वासको मत लिन लागेकी हुन् । 

संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाबमोजिम मुख्यमन्त्री शाक्यले आइतबार विश्वासको मत लिने लिने भएकी हुन्। 

गत भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यका तर्फबाट विश्वासको मत सम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको छ। 

 

११० सदस्यीय बागमती प्रदेश सभामा १ सदस्यको मृत्यु भएसँगै हाल १०९ सांसद रहेका छन् । दोलखाका  प्रदेशसभा सदस्य पशुपति चौलागाईको निधन पछि १ सिट खालिरहेको हो । 

मुख्यमन्त्री शाक्यलाई विश्वासको मत प्राप्त गर्नका लागि अर्थात बहुमतका लागि ५५ जना सांसदको समर्थन आवस्यक छ । प्रदेशसभामा हाल सभामुखसहित एमालेका ४३ सांसद रहेका छन् । 

त्यसैगरी, प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादी पार्टीका १३, विवेकशील साझा पार्टीको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र १ सांसद रहेका छन् । 

त्यसैले मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था छैन । बिपक्षी गठबन्धन शाक्य नेतृत्वको सरकार ढालेर नेकपा (एस) को नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारीमा  रहेको छ । गठबन्धनको तर्फबाट नेकपा (एस) का  राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमती भएको बताइएको छ । 

एमाले विभाजनको संघारमा माधवकुमार नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा शाक्य मुख्यमन्त्री बनेकी थिइन् । 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
50 %
Laugh
0 %
Sad
0 %
Angry
50 %

छुटाउनुभयो कि?

सबै