• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

 रेडपाण्डाको छालासहित १ जना पक्राउ

खबरमुकाम । रेडपाण्डाको छालासहित एक जना पक्राउमा परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्घ मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको हो।
 

जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए । 

सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले मनिरामले बोकेको झोला चेकजाँच गर्दा एउटा रेडपाण्डाको छाला फेला परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै