• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

बागमतीकी मुख्यमन्त्री शाक्यले आइतबार विश्वासको मत लिदै, यस्तो छ सम्भावना...

खबरमुकाम । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी छन् । 

एमाले विभाजन भएसँगै अल्पमतमा परेकी शाक्यले आफू नेतृत्वको सरकार अल्पमतमा परेको २९ औं दिनमा विश्वासको मत लिन लागेकी हुन् । 

संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाबमोजिम शुक्रबार मुख्यमन्त्री शाक्यले आइतबार विश्वासको मत लिने तयारी गरेकी हुन् ।


 

एमाले विभाजनको संघारमा माधवकुमार नेपालको साथ छाडेर अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा मुख्यमन्त्री बनेकी शाक्यले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्युन रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
18 %
WOW
9 %
 Like
9 %
Laugh
0 %
Sad
27 %
Angry
36 %

छुटाउनुभयो कि?

सबै