• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

के शाहरुखकि पत्नी गौरी लागुपदार्थ सहित भेटिएकि हुन् त?

 

खबरमुकाम । केही वर्षअगाडि बलिउडका बादशाह शाहरुख खानकी पत्नी  गौरी खान पनि लागुपदार्थ सहित भेटिएको चर्चा चलेको थियो ।

उनी बर्लिन एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् । प्रहरीले यस विषयमा कुनै पनि आधिकारिक जानकारी दिएको थिएन । तर, गौरी लागुपदार्थ दुरव्यसनीमा रहेको जनाइएको थियो । 

 

गौरी खानलाई त्यस समयमा पक्राउ गरिएन किनकी उनीसँग एक व्यक्तिले प्रयोग गर्ने जति नै गाँजा थियो।

उनीबारे यस विषयमा लगातार समाचार प्रशारण हुन थालेपछि गौरी खानले अन्तरवार्तामा उक्त समाचारलाई अफवाह बताएकी थिइन। गौरी खान इन्टेरियर डिजाइन र प्रोड्युसर पनि हुन्।

उनी आज ५१ वर्षकी भएकी छन्। गौरी र शाहरुख खान यतिबेला छोरा आर्यनको कारण तनावमा छन्। आर्यन लागुपदार्थको केसमा फसेपछि आमाबाबु दुवै जना विवादमा फसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै