• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

कांग्रेसभित्र सन्तुलन मिलाउँदा मन्त्री नबनेका यी ४ नेता, जो ८८ दिनसम्म सर्वाधिक चर्चामा थिए

खबरमुकाम । प्रधानमन्त्री शेरबहादुर देउवाले  आफ्नो नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका छन् । 
शुक्रबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद गठन तथा कार्यविभाजन हेरफेर गरेकी हुन् । 

गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले गठबन्धनभित्रै चौतर्फी आलोचना हुँदापनि मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि मन्त्री बन्ने सर्वाधिक चर्चामा रहेका माओवादी केन्द्रका नेता सुदन किँराती, हरिबोल गजुरेल, नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरी र जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई भने मन्त्री बन्न सकेनन् । 

यी ४ नेताको नाम मिडियामा ८८ दिनसम्म आइरहदा पनि शुक्रबार भने उनीहरु छुटे । प्रधानमन्त्री देउवाले कांग्रेसभित्रकै आन्तरिक सन्तुलन मिलाउन बढी मन्त्रालय दाबी गरेसँगै उनीहरु मन्त्री बन्न बाट बञ्चित भएका हुन् । 

नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित बालकृष्ण खाँण, नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्र बडु, उमा रेग्मी, मिनेन्द्र रिजाल, उमाकान्त चौधरी, गजेन्द्र हमाल मन्त्री बनेका छन् । त्यसैगरी कांग्रेसबाटै उमेश श्रेष्ठ प्रधानमन्त्रीको कार्यालय मातहतमा रहने गरी राज्यमन्त्री बनेका छन् । 
 

 त्यसैगरी एकिकृत समाजवादी पार्टीमा मन्त्री बन्ने सर्वाधिक चर्चामा रहेको नाम हो मेटमणी चौधरी । नेकपा एमालेबाट पार्टी विभाजन गराएर नेकपा (एस) गठन गरेसँगै मन्त्री बन्ने चर्चामा रहेका उनी शुक्रबारको मन्त्रिपरिषद विस्तारमा भने उनी अटाएनन् । नेकपा (एस) बाट रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ (किसान), प्रेम आले, विरोध खतिवडा मन्त्री बनेका छन् । नेकपा (एस) बाटै भवानीप्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री बनेका छन् । खापुङले शुक्रबार विहानसम्म राज्यमन्त्रीको प्रस्ताव अस्वीकार गरेपनि अन्ततः राज्यमन्त्री बनेका छन् । 

त्यस्तै माओवादी केन्द्रबाट यसअघि मन्त्री बन्ने सर्वाधिक चर्चामा रहेको नाममध्ये को नाम हो सुदन किँराती र हरिबोल गजुरेल । शुक्रबारको मन्त्रिपरिषद विस्तारमा भने उनीहरु अटाएनन् । माओवादीबाट जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, शशि श्रेष्ठ, महेश्वर गहतराज मन्त्री बनेका छन् । 

त्यस्तै जनता समाजवादी पार्टीबाट मन्त्रीबन्ने सर्वाधिक चर्चामा रहेका मोहम्मद इस्तियाक राई आज विस्तार भएको मन्त्रिपरिषदमा अटाएनन् । जसपाबाट रेणु यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, प्रमोद साह मन्त्री बनेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
50 %

छुटाउनुभयो कि?

सबै