• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

मन्त्रिपरिषदले पायो पूर्णता, यी हुन् गठबन्धन सरकारका मन्त्रीहरु (सूचिसहित) 

खबरमुकाम । प्रधानमन्त्री शेरबहादुर देउवाले  आफ्नो नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्री देउवाको सचिवालयले बताए अनुसार मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ । 

शुक्रबार साँझसम्ममा मन्त्रीको शपथ पनि हुने देउवाको सचिवालयले बताएको छ । त्यसैगरी यसअघि विस्तार भएको मन्त्रिपरिषदको पनि हेरफेर गरिएको छ । 


 

स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई राज्यमन्त्रीकै रुपमा देउवाले प्रधानमन्त्री कार्यालयमा तानेका छन् ।  त्यसैगरी कानुनमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मा दिइएको छ ।  

यी हुन् देउवा नेतृत्वको गठबन्धन सरकारका मन्त्रीहरुः 

नेपाली कांग्रेस

बालकृष्ण खाँण– गृह मन्त्रालय
नारायण खड्का– परराष्ट्र मन्त्रालय 
 ज्ञानेन्द्रबहादुर कार्की– सञ्चार, सूचना तथा प्रविधि
 दिलेन्द्र बडु कानुन– न्याय तथा संसदीय मामिला
उमा रेग्मी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक
 मिनेन्द्र रिजाल – रक्षा मन्त्रालय
उमाकान्त चौधरी– खानेपानी मन्त्रालय 
 गजेन्द्र हमाल– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय 

एकिकृत समाजवादी

रामकुमारी झाँक्री– सहरी विकास मन्त्रालय
कृष्णकुमार श्रेष्ठ (किसान)– श्रम रोजगार तथा सामाजिक सुरक्षा
प्रेम आले– संस्कृति पर्यटन तथा नागरिक उड्यन
विरोध खतिवडा– स्वास्थ्य तथा जनसंख्या
भवानीप्रसाद खापुङ– स्वास्थ्य राज्यमन्त्री

माओवादी केन्द्र

 जनार्दन शर्मा– अर्थ मन्त्रालय 
देवेन्द्र पौडेल–  शिक्षा विज्ञान तथा प्रविधि
पम्फा भुसाल– ऊर्जा मन्त्रालय 
शशि श्रेष्ठ भूमि– व्यवस्था सहकारी तथा गरिबी निवारण
महेश्वर गहतराज– युवा तथा खेलकुद मन्त्रालय

जनता समाजवादी पार्टी 

 रेणु यादव– भौतिक पूर्वाधार तथा यातायात 
राजेन्द्र श्रेष्ठ– संघीय मामिला तथा सामान्य प्रशासन
रामसहाय यादव–  वन तथा वातावरण
प्रमोद साह–  कृषि तथा पशुपन्छी विकास

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै