• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

यी जिल्लामा अझै लागेन क्रियाशील सदस्यता टुङ्गो

खबरमुकाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन चलिरहेको बेला केहि जिल्लामा भने क्रियाशील सदस्यताको विवाद नै टुङ्गो लागेको छैन । 

अब तीनवटा जिल्लामा क्रियाशील सदस्यताको विवाद किनारा लगाउन बाँकी रहेको छ। 

रौतहट, रसुवा र बारा जिल्लामा क्रियाशील सदस्यताको विवाद पार्टीले किनारा लगाउन सकेको छैन । 

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले ६० भन्दा बढी जिल्लामा वडा अधिवेशन र स्थानीय तहको अधिवेशन गरिएको भए पनि यी जिल्लामा अझै क्रियाशील सदस्यता नै टुङ्गो लाग्न नसकेको जानकारी दिए। 

क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएका जिल्लाका नेता  कार्यकर्ताले विगत केही महिनायता पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा निरन्तर  धर्ना दिइरहेका छन्  ।  

रौतहट र बारामा क्रियाशील सदस्यता नपाएको कार्यकर्ताको गुनासो छ भने रसुवामा काँग्रेसको अन्य राजनीतिक दलसँगको समायोजनको विवाद नै बाँकी रहेको जनाइएको छ। 

काँग्रेस रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादव जिल्लाबाट सर्वसम्मत रूपमा क्रियाशील सदस्यताको नामावली  पठाइएको बताउँदै पार्टी कार्यालयमा धर्ना दिनेहरू पार्टीका शुभेच्छुक र समर्थन नभएको दाबी गर्छन्। 

यो समाचार आजको गोररखापत्रले छापेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै