• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

एमालेमै फर्किइन् नेकपा (एस) निकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती 

खबरमुकाम । नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किएकी छन् । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा रहेकी थिईन् ।

हालै गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोडेकी हुन् । पति डा. सन्तोष पौडेलसँगै उनी गोदावरीको विधान महाधिवेशनमा सहभागी भएपछि क्रान्तीले नेकपा एस छाडेकी हुन् । सन्तोषका पिता पुन्य पौडेल पनि एमाले कास्कीका पूराना नेता तथा पूर्वजिविस सभापति हुन् ।

क्रान्तीलाई २०७५ जेठ २ अघिकै जिम्मेवारी दिनेगरि छलफल भइरहेको युवा संघका अध्यक्ष किरण पौडेलले बताए । उनी जेठ २ अघि उपाध्यक्ष थिइन् । नेकपा एसनिकट युवा संघका स्थायी कमिटी सदस्य कृष्णहरी केसी पनि एमालेमै फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
20 %
WOW
0 %
 Like
20 %
Laugh
20 %
Sad
0 %
Angry
40 %

छुटाउनुभयो कि?

सबै