• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

यी ३ पार्टीले जोगाए प्रदेश २ मा मुख्यन्त्री राउत नेतृत्वको सरकार..., पक्षमा ७७ मत 

खबरमुकाम । प्रदेश २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । जनता समाजवादी पार्टी  (जसपा) विभाजनपछि मुख्यमन्त्री राउतले संवैधानिक व्यवस्थाअनुसार बुधबार विश्वासको मत लिएका हुन् ।

उनलाई नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बाहेक अन्य दलले समर्थन गर्दा विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।


 

१ सय ४ सदस्यीय प्रदेश सभामा राउतले ७७ मत प्राप्त गरेका छन् । त्यसैगरी उनको विपक्षमा २३ मत परेको छ भने ४ सांसद अनुपस्थित रहे । 

मुख्यमन्त्री राउतको पक्षमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन जुटेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै