• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

पाकिस्तानमा गयो शक्तिशाली भूकम्पः २० जनाको मृत्यु, कयौँ घाइते


खबरमुकाम। बिहीबार पाकिस्तानमा ५.९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ। 

अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार बिहीबार बिहान करिब ३ बजेतिर गएको भूकम्पमा परि कम्तिमा पनि २० को मृत्यु भएको छ ।

कयौं मानिसहरु घाइते तथा संरचनाहरु भत्किएको समाचारहरुमा उल्लेख गरिएको छ। भत्किएका घर तथा संरचनाहरुमा कयौँ मानिस च्यापिएको अनुमान गरिएको छ।

बिहान सुतिरहेको अवस्थामा भूकम्प आएकाले धेरै मानवीय क्षति भएको बताइएको छ।

हालसम्म २० को मृत्यु भइसकेको पुष्टि भएपनि भूकम्पले धेरै क्षति पुर्याएको अनुमान गरिएको छ। 

यद्यपि यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै