• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

९ बुँदे मागसहित सिमामा जंगे पिलर राख्न सुस्ताका बासिन्दाहरुको माग 

खबरमुकाम । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँका बासिन्दाहरुले सीमामा जंगे पिलर राख्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएका छन् । 

बुधबार सुस्तावासीले विभिन्न ९ बुँदे माग राख्दै मुख्यमन्त्री केसीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

संविधानसभा सदस्य देवकरण कलवारको नेतृत्वमा सुस्ता बचाउ अभियानका पदाधिकारी तथा सदस्यहरुले मुख्यमन्त्री केसीलाई भेटेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्ता गाउँका बासिन्दाहरु २०२२ सालदेखि सुस्ताभूमिको संरक्षण र भारतीय पक्षको ज्यादती विरुद्घ लड्दै आएका छन् । 

बर्षौंदेखि विभिन्न समस्या झेल्दै आएका सुस्तावासीहरुसँग कुल ४० हजार ९८० हेक्टर क्षेत्रफलमध्ये जम्मा ७ हजार हेक्टर क्षेत्रफल मात्र  छ। 

भारतीय पक्षले १४ हजार ५०० हेक्टर क्षेत्रफल अतिक्रमण गरिसकेको छ भने १९ हजार ४८० हेक्टर क्षेत्रफललाई विवादित बनाइएको छ । 

सीमाको रेखाङ्कन र सीमामा जंगे पिलर नराखिएका कारण यो समस्या आएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले बताएका छ्न । 
‘हामी सुस्तावासीहरुले भूमी मात्र गुमाएका छैनौ, भारतीय यातना समेत खेप्दै आएका छौं ।’ उपाध्यक्ष  खानले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै